काठमाडौं । कपालमा चाया परेका मानिसहरु निकै हरान हुने गरेका छन् । यसले मानिसको व्यक्तित्वमा समेत असर गर्ने भएकाले हैरानमा पर्नु स्वभाविक पनि हो । यदी चाया परेर हैरान हुनु भएको छ भने यी ५ घरेलु उपाय अपनाउनुहोस् :
१. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने अथवा अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने । टाउकोमा लगाएको २ घण्टापछि राम्रोसँग धुने ।
२. नुहाउनुभन्दा एक घण्टा अगाडि सधैं कागतीको रसले टाउको मालिस गर्ने ।
३. कपालमा बास्ना आउने खालका तेल नलगाउने तर नियमित रुपले नरिवलको शुद्ध तेल भने लगाउने गर्ने ।
४. आफूले प्रयोग गरेको सामाग्री र काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने ।
५. रासायनिक स्याम्पुको प्रयोग नगर्ने