थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण, १० जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा शुक्रबार ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १३ हजार ७ सय ९१ पिसिआर परिक्षणका क्रममा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ एन्टीजेन परिक्षणका क्रममा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ६८ हजार ९ सय ३२ पुगेको छ ।

त्यस्तै, कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

थप ५ हजार ४ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४२ हजार ४ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र १३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१