यसरी बढाउन सकिन्छ याैन क्षमता

काठमाडाैं । तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकरात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ । पुरुषहरु केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरुको शुक्रकिट उत्पादनमा नकरात्मक असर पारिरहेको हुन्छ ।

यदि तपाईँ सुतेर टिभी हेर्नुहुन्छ भने त्यो बानी हटाउनुहोस् । यस्तो बानीले शरीरको मोटोपन बढाउँछ र शुक्रकिटको उत्पादनमा ह्रास ल्याउँछ । अनुसन्धानहरु नियमित कसरत गर्ने पुरुषको यौन क्षमता धेरै हुने बताउँछन् ।

अनुसन्धानका अनुसार छालालाई घामबाट बचाउन सन्सक्रिनमा प्रयोग हुने रासाइन तत्व पुरुष हार्मोनका लागि खतरनाक साबित हुन्छन् । त्यसको प्रयोगले ३० प्रतिशतसम्म पुरुषको शुक्रकिट उत्पादन घटाउछ ।

तातो पानीले नुहाउनाले पनि पुरुषत्वमा गहिरो असर पर्ने बताइन्छ । तातो पानीले टेस्टिकल्सको तापमान बढाउँछ । यसले शुक्रकिट उत्पादन घटाउनुका साथै त्यसको गुणस्तर पनि घटाउँछ ।

शुक्रकिटको अवस्थालाई ठीक राख्न नियमितरुपमा यौन सम्बन्ध राख्न आवश्यक हुन्छ । धेरै समयसम्म यस्तो सम्बन्ध नराखिएमा शुक्रकिटले आफ्नो आकार बदल्ने र कमजोर हुने बताइएको छ ।

धेरै कसिँलो अन्डरवेर लगाउनाले टेस्टिकल्सको तापमान बढाउँछ जसले शुक्रकिटको उत्पादन घटाउछ । यसका लागि ब्रीफको सट्टा बक्सरहरु लगाउँदा राम्रो हुन्छ ।

विविध अनुसन्धानमा आधारित लेखहरुको सहयोगमा

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१