भारतमा २४ घण्टामा ८७१ जना संक्रमितकाे मृत्यु

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्मकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो ।

यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ ।

तीन लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१