सुनकाे ओरालाे यात्रा कायम, ४०० रुपैयाँ घट्यो

काठमाडाैं । केही दिनयता लगातार घटिरहेकाे सुनकाे मूल्य साेमबार पनि घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुन तोलामा ४०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजाबी सुनको मूल्यसमेत तोलामा ४०० रुपैयाँले घटेकाे छ । तेजाबी सुन प्रतिताेला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आइतबारको मूल्यमा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१