• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रावलकाे प्रश्न : देउवा नेपालीकाे प्रधानमन्त्री हाे कि विदेशीकाे ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेपालीको प्रधानमन्त्री हो कि विदेशीको हो भनेर प्रश्न गरेका छन् ।

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न लागि पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई नै चुनौती दिएर देखाएको सक्रियतालाई लक्षित गरी नेता रावलले यस्तो प्रश्न गरेका हुन् ।

आइतबार डा. रावलले ट्विटरमा लेखेका छन्– ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दबाब आएकाले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई वेवास्ता गर्ने तर विदेशी दबाबसामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’

एमसीसीकाे विराेध गर्ने नेपाली जनताको भावनालाई वेवास्ता गर्ने तर विदेशीको दबाबसामु देउवाले घुँडा टेकेको रावलको आरोप छ ।