आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति भीम रावलको विरोध

काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति विरोध जनाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संसद अवरोधप्रति विरोध जनाएका हुन् ।

नेता रावलले एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने स्पष्ट पनि पारेका छन् । नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा जोड दिँदै एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका हुन् ।

रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि उनले बताए । उनले एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि स्पष्ट पारे ।

फरक प्रसंंगमा उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्ने भनेकोेले सोहीअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

याे पनि : के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१