संसारकै शक्तिशाली सेनाकाे जागिर छाेडेर ‘पाेर्नस्टार’ बनिन् काइली

काठमाडाैं । काइली गुनर नामकी एक युवती संसारकै शक्तिशाली मानिने अमेरिकी सेनाको जागिर छोडेर ‘पोर्नस्टार’ बनेकी छिन् ।

अमेरिकी सेनामा ५ वर्ष काम गरेकी काइलीले सेनाकाे पेशा छाेडेर वयस्क फिल्ममा काम गर्न थालेकाे समाचार डेली स्टारले लेखेकाे छ । ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ । काइली सेनामा सार्जेन्ट पदमा कार्यरत थिइन् ।

काइलीले अहिलेसम्म २ वयस्क फिल्म सुट गरिसकेकी छिन् । उनी एक चर्चित वयस्क साइटमा पनि निकै सक्रिय छिन् । उनले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन् । उनी भन्छिन् ‘मलाई क्यामेरा फेस गर्ने अनुभव धेरै छ । यस्तोमा वयस्क उद्योगमा जानु मेरो लागि तार्किक कदम लाग्यो । म सधैं यो उद्योगमा काम गर्ने इच्छा राख्थेँ । अब म यहाँ आएकी छु, दुनियाँलाई देखाउन सक्छु कि म के गर्न सक्छु ।’

उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको पनि बताइन् । उनको छनोट स्क्वाड सपोर्टको भूमिकाको लागि भएको थियो जहाँ उनी साथीहरुलाई बलियो बनाउने काम गर्थिन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१