भीम रावलको पीएचडी नक्कली भएको बाबुराम भट्टराईकाे आशंका

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बाबुरामले यस्तो आशंका गरेका हुन् । उनले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन् ।

डा. भट्टराईले लेखेका छन् ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

बाबुरामले आफू प्रधानमन्त्री हुँदा ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न चुनौती पनि दिएका छन् । रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१