पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार देशैभरि सामान्य देखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भागमा सामान्यतया सफा रहने महाशाखाकाे पूर्वानुमान छ ।

बुधबार दिउँसो प्रदेश १, मधेस , बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीदेखि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।

यस्तै, बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भू-भाग तथा तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । देशका पहाडी तथा तराईका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१