सम्भाेगका बेलामा महिलाहरु किन निकाल्छन् आवाज ?

महिलाहरु सम्भोगका बेलामा किन निकाल्छन् भन्नेबारे धेरै अनुसन्धानहरु भएका छन् ।

तर, वैज्ञानिक तथ्य हालसम्म आउन सकेको छैन । केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् ।

केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हेण्डीले अनुसन्धान गरेका थिए ।

उक्त अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिला सहभागी गराइएको थियो ।

उनीहरुले सहभागी महिलामा ‘सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१