• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

टर्की–ग्रिस सीमामा चिसोले कठ्यांग्रिएर १९ आप्रवासीको मृत्यु, नेपाली पनि परेको आशंका

काठमाडाैं । टर्की र ग्रिसको सीमानजिक चिसोले कठ्यांग्रिएर १९ जना आप्रवासीको मृत्यु भएको छ ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार कपडा र जुत्ता नलगाएको अवस्थामा टर्की र ग्रिसको सीमा इप्सालामा आप्रवासीका शव भेटिएका हुन् । तर उनीहरू कुन देशका नागरिक हुन् भन्ने कुरा अहिलेसमम्म खुलिसकेको छैन ।

📆 02.02.2022
📍 Greece Ipsala Border

12 of the 22 migrants pushed back by Greek Border Units, stripped off from their clothes and shoes have frozen to death.

EU is remediless, weak and void of humane feelings.

Greek border units thug against victims, tolerant towards FETO pic.twitter.com/EP1TOqsGCB

— Süleyman Soylu (@suleymansoylu) February 2, 2022

टर्कीका अधिकारीहरूका अनुसार बुधबार १२ जना र बिहीबार ७ जना आप्रवासीका शव भेटिएका हुन् ।

टर्कीस्थित गैरआवासीय नेपाली संघले मृतकमा नेपाली नागरिक पनि परेको हुन सक्ने जनाएको छ । वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर–२, बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएको परिवारका सदस्यले बताएका छन् ।

यद्यपी उनी परे/नपरेका विषयमा सोधखोज भइरहेको जनाइएको छ ।