देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदै

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएकाे ओलीकाे सचिवालयले जनाएकाे छ । सचिवालय स्राेतका अनुसार देउवा र ओलीबीच समसामयिक विषयमा छलफल हुने छ ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट बहिगर्मनपछि असार ३० गते ओलीले बालुवाटार छोडेका थिए ।

यसअघि देउवाले बाेलाएकाे सर्वदलीय बैठकमा ओली बालुवाटार नगएपछि गत पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१