प्यूठान दुर्घटना : गाैमुखीमा शाेक बिदा, मृतकका परिवारलाई ५० हजार राहत

काठमाडौं । शनिबार प्युठानमा भएको जीप दुर्घटनामा परी मृत्यु भएका परिवारलाई स्थानीय सरकारले नगद राहत दिने निर्णय गर्नुका साथै शोकमा एक दिन बिदा दिएको छ ।

गौमुखी गाउँपालिकाले राहत र बिदाको निर्णय गरेको हो । दुर्घटनामा सो गाउँपालिकाका सातसहित आठ जनाको ज्यान गएको थियो ।

नौबहिनी गाउँपालिकाबाट बेहुली लिएर फर्कँदै गरेको जीप लिवाङको ओखरपाटा नजिकै दुर्घटना हुँदा गौमुखी गाउँपालिकाका सात जना र नौबहिनी गाउँपालिकाका एक जनाको ज्यान गएको थियो ।

दुर्घटनाले सिंगो गाउँपालिका शोकमा डुबेकोले आइतबार बिदा दिइएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । गाउँपालिकाले मृतकका परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने पनि जनाएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१