• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

एमाले निकट युवा संघले उडायो सिंहदरबार परिसरमा कालो बेलुन

काठमाडौं । तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएको छ । निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।

निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामा पक्राउ परेका छन् ।स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमाले निकट संघ संगठनहरुले निरन्तर बिरोधका कार्यक्रम गर्दै आएका छन् ।