स्थानीय चुनावकाे मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गरिने

काठमाडाैं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ ।

निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना देखिएकाे छ ।

आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अबकाे मन्त्रिपरिषद् बैठकबाट चुनावकाे मिति घाेषणा गर्ने बताएकाे स्राेतकाे दाबी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१