सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या

काठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

बलेफी गाउँपालिका–७ चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।

सोही स्थानका विजय तामाङले आइतबार मादक पदार्थ सेवन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१