प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार साेमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१