काठमाडाैं । कोरोना माहामारीका कारण दोस्रोपटक बन्द गरिएका सिनेमा हल फागुन १ देखि खुल्ने भएका छन् ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सिनेमा हल खुलाउन सरकारलाई सिफारिस गरेको थियाे ।
कारोना संक्रमणको तेस्रो लहर सुरु भएपछि सरकारको निर्देशनमा स्थानीय प्रशासनले गत माघ ३ गतेदेखि हल बन्द गराएकाे थियो ।