सरकारकाे निर्णय संविधानकाे मर्म अनुरुप छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसकाे महामन्त्री गगन थापाले सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनकाे मिति तय गर्नु संविधानकाे मर्म अनुरुप भएकाे बताएका छन् ।

उनले सरकारकाे उक्त निर्णयबाट स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको पनि बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अब निर्वाचन टार्ने गरी भएका अनेकन बहस सकिएकाे पनि जनाएका छन् । उनले भनेका छन् ‘सबैले सदैव हेक्का राख्नु पर्दछ- संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१