• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

सरकारकाे निर्णय संविधानकाे मर्म अनुरुप छ : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसकाे महामन्त्री गगन थापाले सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनकाे मिति तय गर्नु संविधानकाे मर्म अनुरुप भएकाे बताएका छन् ।

उनले सरकारकाे उक्त निर्णयबाट स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको पनि बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अब निर्वाचन टार्ने गरी भएका अनेकन बहस सकिएकाे पनि जनाएका छन् । उनले भनेका छन् ‘सबैले सदैव हेक्का राख्नु पर्दछ- संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।’

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ।स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ।अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन ।

— Gagan Thapa (@thapagk) February 8, 2022