सुनचाँदीकाे मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको प्रतितोला तीन सय रुपैयाँ बढेकाे छ ।

बुधबार छापावाल सुन ९३ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगललबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९२ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१