दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढ्यो

काठमाडाैं । सरकारले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बृद्धि गरेको छ ।

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ । बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ पुर्‍याएकाे हो ।

यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो ।

बढेको ९ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने सरकारले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१