काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट बहुमतले पारित हुने दाबी गरेका छन् । बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको जानकारी दिए ।
उनले भने ‘एमसीसी सभामुखले रोक्न मिल्दैन । सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ ।’
बैठकले स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने र भ्रातृ र शुभेच्छुक संस्थाको म्याद सकिएकोबारे छलफल भएको उनले जानकारी दिए । बैठक शुक्रबार पनि बस्नेछ ।