बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ कार्यक्रममा ओलीले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका हुन् ।

उनले भने- ‘हामी कसैलाई निर्वाचनबाट भाग्न दिने छेनौँ, मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ ।’ उनले एमाले जनप्रतिनिधिहरुले स्थानीय तहमा अत्यन्तै राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसासमेत गरे ।

ओलीले वर्तमान गठबन्धन सरकारले स्थानीय तहको नगर्न सक्ने आशंका पनि गरेका छन् । उनले अबकाे स्थानीय तहकाे निर्वाचनमा एमाले काेहीसँग तालमेल नगरी चुनाव लड्ने पनि स्पष्ट पारे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१