
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयबारे कसरी र कस्तो भूमिकाबाट अगाडि बढ्ने त ? भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हाे ।
बैठक मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसका एक नेताले जानकारी दिए ।
यसअघि, प्रमुख विपक्षी दल नेकपा एमालेकाे संसदीय दलकाे बैठक बुधबार बसिरहेकाे छ । आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबरामाथि महाभियाेग प्रस्ताव दर्ता भएपछि एमालेले अबकाे बाटाे कसरी बनाउने र के गर्ने भनी याे बैठकमा छलफल गर्नेछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफलबाट विवेकपूर्ण निर्णय लिने यसअघि बताइसकेका छन् ।