कांग्रेसका सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

काठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए ।

‘आजको बैठकमा एमसीसीबारे छलफल भयो। अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका थिए ।

उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । काेइरालाले भने- ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१