रहेनन् बलिउडमा डिस्को रक स्थापित गराउने बप्पी लहरी

काठमाडाैं । प्रसिद्ध भारतीय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार मुम्बईको क्रिटिकेयर अस्पतालमा उनकाे निधन भएको हो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, क्रिटिकेयर अस्पतालका निर्देशक डा. दीपक नामजोशीले लहरीलाई एक महिनादेखि अस्पतालमा भर्ना गरिएको र निकाे भएपछि सोमबार डिस्चार्ज गरिएको बताएका थिए । तर, मंगलबार साँझ उनको अवस्था फेरि बिग्रियो र ओएसए (अब्स्ट्रक्टिव स्लीप एपनिया) का कारण उनलाई अस्पताल पुर्‍याइएको थियो ।

बप्पी दा भनेर चिनिने लाहिरीले ७० को दशकमा बलिउडमा डिस्को र रक संगीतलाई स्थापित गराएका थिए ।

२७ नोभेम्बर १९५२ मा कोलकातामा जन्मेका उनले आफ्नो फरक स्टाइलका कारण फिल्म उद्योगमा छुट्टै पहिचान बनाएका थिए ।

उनी सधैँ सुनका गहनाले भरिएका संगीतकारका रूपमा चिनिन्थे । उनले आफ्नो सांगीतिक यात्रामा धेरै हिट गीत गाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१