इमर्जिङ नेपालको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडाैं । इमर्जिङ नेपालको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले बाँडफाँट बुधबार बुधबार ३ बजे गर्ने जानकारी दिएको हो ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । जसमा सर्वसाधारणका लागि ५ लाख १६ हजार ७०८ कित्तामा सुरक्षित गरिएको थियो ।

क्यापिटलका अनुसार आईपीओ निष्कासनको अन्तिम दिनसम्म २४ लाख १५ हजार ९ सय १९ आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४२० कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा ५३.८७ गुणाले आवेदन बढी परे पनि ५१ हजार ६ सय ७० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।

कम्पनीले १०० अंकित दरले जारी गरेको कुल ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओमध्ये ११ हजार १ सय १२ कित्ता कर्मचारीका लागि र २७ हजार ७ सय ८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१