काठमाडाैंकाे बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

बालाजुमा बिहीबार बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्यु त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने क्रममा भएको हो । उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१