काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् ।
काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले दोहोरो कुरा नगर्ने बताएका हुन् ।
निर्वाचनलाई मात्रै लक्षित गरेर कांग्रेसले धारणा नबनाउने र कम्युनिष्ट पार्टीहरुलाई जस्तो छुट नेपाली कांग्रेसलाई नभएको पनि उनले बताए ।
थापाले एमसीसी सम्झौता अनुमोदनतर्फ संकेत गरी पार्टीले गरेको निर्णयलाई जनतामा लैजानुपर्नेमा जोड पनि दिए ।
हेर्नुहाेस् भिडियाे :