कपिल शर्माकाे नयाँ चलचित्र आउने, यी हुनेछिन् हिरोइन

काठमाडौं । कमेडीका राजा कपिल शर्माकाे नयाँ चलचित्र आउने भएकाे छ । लेखिका, निर्देशक तथा निर्मात्री नन्दिता दासले आफ्नो आगामी फिल्मको लागि कपिल शर्मासँग हात मिलाएकी हुन् ।

यो फिल्ममा कपिल शर्मा डेलिभरी ब्वायको भूमिकामा हुनेछन् ।कपिल शर्माको अपोजिट अभिनेत्री शहाना गोस्वामी हुनेछिन् । फिल्ममा शहानाले कपिलकी पत्नीको भूमिका निभाउनेछिन् ।

यो फिल्मलाई अप्लज इन्टरटेमेन्ट र नन्दिता दास इनिसिएटिभ्सले निर्माण गर्न लागेकाे हाे । यो महिनाको अन्त्यमा ओडिशाको भुवनेश्वरमा फिल्मको सुटिङ सुरु गरिने भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१