बिना निष्कर्ष टुंगियाे सत्ता गठबन्धनको बैठक, भाेलि बिहान पुन: बस्ने

काठमाडाैं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान १० बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठक बिना निष्कर्ष टुंगिएको हाे । बिहीबार साँझ बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल भयाे ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू बैठकमा सहभागी थिए ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सहभागिता थियो ।

जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए । बैठकमा सत्ता घटक राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व थिएन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१