अहमदावाद बम विस्फाेट : ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास

काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

यस घटनामा संलग्न अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको बीबीसी हिन्दीले समाचार प्रकाशित गरेकाे छ ।

सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोटको सुनुवाइ गर्दै विशेष अदालतले ऐतिहासिक फैसला सुनाएको हाे ।

सन् २००८ काे जुलाई २६ मा अहमदाबाद सहरमा श्रृङ्खलाबद्ध विस्फोटहरूमा ५६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा लगभग २०० जना घाइते भएका थिए । गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्र एकपछि अर्को गरी २१ वटा बम विष्फोट भएका थिए ।

इन्डियन मुजाहिद्दीन र हरकत-उल-जिहाद-अल-इस्लामी नामक चरमपन्थी संगठनले यी विस्फोटको जिम्मा लिएकाे थियाे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१