कोरोना नियन्त्रणका लागि विश्व बैंकबाट ऋण लिने सरकारकाे निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ नियन्त्रणका लागि विश्वबैंकबाट ऋण लिने निर्णय गरेकाे छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आकस्मिक प्रतिकार्य तथा जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्वबैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अरब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रीपरिषद्ले राष्ट्रिय विमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कर्णेलको राजीनामा स्वीकृत पनि गरेको छ । यसैगरी, नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधीसंहिता २०७४ को अनुसुची १ हेरफेर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ लाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय भएको पनि जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

बैठकले औषधी दर्ता चौथो संशोधन नियमावली २०७८ र नेपाल मेडिकल काउन्सिल पाचौँ संशोधन नियमावली २०७८ स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१