कुशल भुर्तेलकाे शतक

काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध सय रन पूरा गरेका छन् ।

ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पूरा गरेका हुन् । कुशलले ५७ बलमा शतक पूरा गरेका हुन् ।

टस हारेर ब्याटिङ गरिररहेकाे नेपालले २ विकेट गुमाएर २०० रन पूरा गरिसकेकाे छ ।

कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुन् ।

यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बनेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१