काठमाडाैं । टी–२० विश्वकप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ । ओमानमा जारी खेलमा नेपालले फिलिपिन्सविरुद्ध १३६ रनको जित दर्ता गर्न सफल भएकाे हाे ।
कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण नेपालले लगातार दोस्रो जित हासिल गर्न सफल भएकाे हाे ।
२१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई नेपालले ८२ रनमा राेकेकाे हाे । फिलिपिन्सलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले तीन विकेट लिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेकाे थियाे ।
पहिलाे खेलमा पनि नेपालले ओमानविरुद्ध शानदार जित निकालेकाे थियाे ।
याे पनि :