आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट : साेमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडाैं । आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार ३ : ४५ बजे सुरु हुनेछ ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहीन फिलिपिन्स समूहको पुछारमा रहेकाे छ ।

नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुई खेलमा जित निकालेको छ । छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियाे ।

साेमबार जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल जित्न सफल भएमा नेपाल टी-२० विश्वकपमा छनोटमा हुनेछ । ग्लोबल छनोटकाे समूह ‘ए’ मा शीर्ष स्थानमा यूएई रहेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१