ओलीकाे प्रश्न : एमसीसी आफैँ सही गर्ने, आफैँ टेबल गर्ने तर सडकमा किन तमासा ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई ढुंगा खानमात्र सडकमा पठाएको हाे ? भनी प्रश्न गरेका छन् ।

उनले कालु पाँडेको समाधिस्थलमा आयाेजित एक कार्यक्रममा एमसीसीकाे विराेधमा भएकाे प्रदर्शनबारे गृहमन्त्रीलाई फाेन गरी प्रश्न गरेकाे जानकारी गराए । उनले भने ‘गृह मन्त्रीलाई पनि सोधेँ, पुलिसलाई सडकमा किन पठाएको ? सत्ताधारी दलले आन्दोलन गरेको छ । कति मेहनतमा बाटो बनाइएको छ । किन भत्काइएको ? क्रान्तिकारी भन्नेहरुले ?’

उनले सडक नभत्काउ भन्ने काेही नभएकाे भनी टिप्पणी पनि गरे । ‘सडक नभत्काउ न भन्ने कोही छैन ? ढुंगा हानेका छन्, तोडफोड गरेका छन् प्रहरीले केही गर्न नहुने ? २५ जनाले ढुंगा हानेको छ । डेढ सय पुलिस ढाल उठाएर भागेको छ’ उनले भने ।

उनले प्रहरीमाथि ढुंगा हानेकाेमा आक्राेश पनि पाेखे । उनले भने ‘एकथरीले प्रहरी सडकमा पठाउँछ केही नगर्नू भनेर हुन्छ ? के आदेश थियो ? ढुंगा र इट्टामात्रै हान्न पाउने आदेश थियो ? सरकारमा बस्ने तमासा गर्ने ? आफू मूर्तिझैं चुप लागेर बस्ने, दायाँबायाँकालाई नारा लगाऊ भन्ने ? एमसीसी आफैँ सही गर्ने आफैँ टेबल गर्ने तर सडकमा किन तमासा ?’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१