
काठमाडाैं । आइसीसी विश्वकप टि२० विश्वकप छनोट खेलमा क्यानडाले नेपाललाई ८१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा ८० रनमा समेटिएकाे हाे ।
क्यानडाले १५ ओभर खेल्दा पूरा विकेट गुमाएर ८० रनमात्र बनाउन सफल भयाे । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा कमलसिंह ऐरी र अविनाश बोहराले २-२ विकेट लिए । कुशल मल्लले एक विकेट लिन सफल भए ।
याे खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह ‘ए’ काे उपविजेता यूएईसँग खेल्नेछ । यस्तै, नेपाल उपविजेता भए समूह ‘ए’ काे विजेता आयरल्यान्डसँग खेल्नेछ ।
सेमिफाइनल खेल मंगलबार र फाइनल खेल आउँदाे बिहीबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।