बैतडी । बैतडीमा टिप्पर दुर्घटनामा परी केही विद्यार्थीकाे मृत्यु भएकाे प्रारम्भिक खबर आएकाे छ ।
निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेलामा टिप्पर दुर्घटना भएकाे हाे । दुर्घटनामा सिगास माविका विद्यार्थीहरु सवार रहेको बताइएको छ ।
पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा दुर्घटना भएको हो । टिप्परमा दुई दर्जन बढी विद्यार्थी सवार थिए । प्रहरीले अहिले घटनास्थलतर्फ गइरहेकाे र थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।