काठमाडाैं । नेपाल आइसीसी टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको समूहको अन्तिम खेलमा क्यानडामाथि ८ विकेटकाे जितसहित नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हाे ।
नेपालका लागि कुशल भुर्तेलले ३४ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । दुवै नटआउट रहे । यस्तै आसिफ सेखले १७ रन बनाए । कुशल मल्लले १ रनमात्र बनाए ।
त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट गरेकाे थियाे ।
सेमिफाइनलमा नेपालले मंगलबार यूएईको सामना गर्नेछ । यूएईविरुद्ध जित हासिल गर्न सके नेपाल अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।