र्‍यापर ‘लाउरे’ रिहा

कास्की । लागुऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना (लाउरे) रिहा भएका छन् ।

गत पुष १४ गते बेलुकी ७ बजे पोखराको जाल्पारोडबाट कास्की प्रहरीले उनिसहित ४ जनालाई लागुऔषध ‘ब्राउन सुगर’सहित पक्राउ गरेको थियो ।

र्‍यापर लाउरेलाई कास्की जिल्ला अदालतले ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लाउरे टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक पनि हुन् । र्‍याप ब्याटल रअ बार्जबाट उनी चर्चामा आएका थिए । उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागालगायत गीतहरू चर्चित छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१