रावलकाे प्रश्न : स्पष्टीकरणकाे कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?

काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? भनेर प्रश्न गरेका छन् ।

रावलले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?’

उनले सामाजिक सञ्जालमार्फत देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेलमा पार्टी सुरु भएको हो ? भनेर पनि प्रश्न गरेका छन् ।

सरकारले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा रावलले संसद्‍मा बोलेका थिए । एमालेले रावललाई बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्ट व्यक्त गरेको थियो ।

यस्तै एमाले नेता महेश बस्नेतले रावललाई स्पष्टीकरण साध्नु पर्ने पनि बताएका थिए । रावल निरन्तर एमसीसीकाे विराेध गरिरहेका छन् । नेकपा एमालले भने एमसीसीका विषयमा धारणा सार्वजनिक गरिसकेकाे छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१