• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जब जनतासँग माफी माग्न मञ्चमै उठबस गर्न थाले बिजेपी विधायक (भिडियाे)

काठमाडाैं । भारतको उत्तर प्रदेशमा एक विधायकले आफूले पाँच वर्षमा गरेकाे गल्ती अब नदाेर्‍याउने भन्दै कान समातेर उठबस गरी जनतासँग माफी मागेका छन् ।

बुधबार सोनभद्रको रोबर्ट्सगंज विधानसभा क्षेत्रमा भारतीय जनता पार्टीका विधायक भूपेश चौबेले जनसभामा जनताको आक्रोश कम गर्न कुर्सीमा उभिएर कान समात्दै उठबस गरेका हुन् ।

चौबेले पाँच वर्षमा विकासको कुनै पनि काम नगरेको भन्दै जनतामा आक्रोश छ । त्यही आक्रोश मत्थर पार्नका लागि उनले कान समातेर उठबस गरेका हुन् ।

हेर्नुहाेस् भिडियाे :

रॉबर्टसगंज से भाजपा के विधायक भूपेश चौबे ने कान पकड़ कर उठक बैठक की ताकि जनता उनके पांच साल के कुशासन को भुला दे ।

लोकतंत्र में जनता से ज्यादा ताकतवर कोई नही है । 😀 pic.twitter.com/2GDxew3HvN

— Chhattisgarh Pradesh Congress Sevadal (@SevadalCG) February 23, 2022