• २०८३ असार ११
  • 2026 June 25, Thursday

तीन विदेशी चलचित्रसँगै पल र पूजाकाे ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशभरका सिनेमाहलमा रिलिज भएको हाे । चलचित्र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

शुक्रबारदेखि आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनमा आएको छ। बहुप्रतीक्षित भनिएको उक्त फिल्म माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। सञ्जय लीला भंसाली निर्देशित फिल्ममा आलियाका साथै अजय देवगनको भूमिका रहेको छ।

त्यसैगरी दक्षिण भारतीय फिल्म ‘बलिमाई’ पनि प्रदर्शनमा आएको छ। बोनी कपुरको निर्माणमा बनेको क्राइम थ्रिलर यस फिल्ममा अजित कुमार मुख्य भूमिकामा छन्। यस्तै, टम हल्यान्ड अभिनित हलिउड फिल्म ‘अनचार्टेड’ पनि आजैबाट प्रदर्शनमा आएको छ।

कोरोनाको तेस्रो लहरपछि रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ ले धेरै दर्शक हल फर्काउने हलवालाले आशा राखेका छन्।