• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वाणिज्य दूतावास परिसरभित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना

काठमाडाैं । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा शनिबार वाणिज्य दूतावास परिसर भित्र तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरिएकाे छ ।

उक्त ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो सम्बोधन गर्नु थियो ।

कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबन्धकलगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता रहेको थियो । उनीहरुकाे गुनासाहरु सम्बोधन गरिएको थियो ।