कानुन मन्त्रीको दाबी : संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउँछ

काठमाडौं । कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दाबी गरेका हुन् । त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको जिकिर गरे । एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्ने उनको भनाई छ ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताए । उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको जिकिर गरे । नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुराउन समितिमा नाम दिएको पनि उल्लेख गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैशाखमा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारे । वैशाखमा स्थानीय तहकै चुनाव हुने अवस्थामा त्यसपछि लगत्तै अर्को चुनाव गर्न मौसमले पनि साथ नदिने उनको भनाई छ ा

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१