• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ललितपुरमा एकै घरमा पाँच जना मृत फेला

काठमाडौं । ललितपुरमा एकै घरमा पाँच जना मृत फेला परेका छन् ।

ललितपुर कोन्ज्यासोम गाउँपालिका ४ स्थित एक घरमा चार जना मृत फेला परेका थिए । घरमा सुतिरहेको अवस्थामा उनीहरु मृत फेला परेको प्ररीले जनाएकाे छ ।

त्यस्तै, एक जनाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेकाे छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।