
काठमाडौं । ‘अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टर’ले सामाजिक सुरक्षा कोषसँग सहकार्य गर्ने भएको छ । अरोगिन र सामाजिक सुरक्षा कोषले सेवाग्राहीलाई आर्थिक भार कम गर्ने उद्देश्यले सहकार्य गरेको हो ।
अरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरले स्वास्थ्य क्षेत्रमा लामाे समयदेखि काम गर्दै आएकाे छ ।
दुई संस्थाको सहकार्यले आगामी दिनमा उपचारका लागि आएका जेष्ठ नागरिकलाई विशेष छुट हुने भएको छ । यसका साथै न्युरोलोजिकल तथा अर्थोपेडिक पुनर्स्थापनामा सहयाेग पुग्ने अरोगिनले जनाएको छ ।
यसका साथै आर्थिक अवस्था कमजाेर भएकाहरूलाई थप सुविधा हुने पनि अरोगिनकी जानुका विष्टले जानकारी दिइन् ।