• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आवश्यकता अनुसार चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धनसँग तालमेल गर्ने भएकाे छ ।

चार दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मत रुपमा सत्ता गठबन्धनसँग आवश्यकताका अनुसार चुनावी तालमेल गरेर जाने निर्णय लिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

बैठकपछि पौडेलले भने, ‘तालमेलको निर्णयपछि अब त्यसका विधि र प्रक्रियाहरु निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौँ ।’

स्थानीय तहको निर्वाचनमा सम्बन्धित पालिकाहरुको आवश्यकताअनुसार तालमेल गर्ने गरी निर्णय गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो।​

केन्द्रीय कार्य समिति बैठकमा इतर समूहका नेताहरु तालमेलको विपक्षमा थिए । नेताहरु शेखर कोइराला, गगन थापा, धनराज गुरुङसहितले तालमेलको विपक्षमा आफ्ना कुरा राखेका थिए ।

तर सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षीय नेताहरुले तालमेल जरुरी रहेको बताएका थिए ।